Tuesday, January 14, 2014

Foothpath - Yama Buddha

गीत       : फुटपाथ
गयाक     : यामा बुद्ध

देख्दीन म भाग्गेखेरा कलिला ई हातमा,
छाडी गयो एक्लै यहा तड्पियाला तिम्रो आत्मा,
तिम्रो आखामा बस्ने थे रम्ने थे म तिम्रो काखमा
तर धन्न मेरो कर्म मर्म मात्र रहछ मेरो भागमा
साथमा राखेनौ किन हत यो थमेनौ किन
अनाथनै साचेको थियौ तर रोयन मन किन जन्म दिएन
भन किन खाडल मा पुरेउ हे आमा म निर्दोस लाई
रोको होईन मा तिम्रो निम्ति तर बुझाउनु छ यो मेरो भोक लाई
एउटा प्यास लाई खेदाउनु छ लक्ष्य हरु भेटाउनु छ    
तिम्रो मेरो सम्बन्ध को आस्तितो पनि मेटाउनु छ
तापनि ज्वालामुखी फुटेझैँ पोल्छ मन तातो राप ले
जिउदो लास सरि भएछु म तिम्रो रगत को श्रापले

तिमि पनि मान्छे हो म पनि मान्छे हो
तेसैले हकहद मर्यादा नबिर्सी मान्छे को
मेरो त जिन्दगी अब यतिकै जाने भो
आँखा झिमिक सास गायब काल ले कहिले लाने हो x 2

फुटपाथ मेरो घर तारा फुटे छानो छ
हातको सिरानीमा निन्द्रा मिठो लाग्दछ
नत मेरि  आमा छिन नत मेरा बाबु छन
कुकुर मेरा साथी हुन् सधै मेरो साथ छन
हेपियको मानब हु खाते मेरो नाम छ
फालिएको फोहोर हु सडक हिड्ने काम छ
पेट पाल्छु जुठोले फोहोर भित्र खोजेर
कर्म मेरो खोटो छ कहाँ पाउछु रोजेर
कर्म मेरो अभागी लक्ष्य मेरो हरायो
कसै को आस गर्दै थे खाते भनि करायो
अब कहाँ जाऊ म फेरि कसको हात समाउन
आफ्नै ले त छाडी दिय अरुसंग कस्तो नाता लाउ म

तिमि पनि मान्छे हो म पनि मान्छे हो
तेसैले हकहद मर्यादा नबिर्सी मान्छे को
मेरो त जिन्दगी अब यतिकै जाने भो
आँखा झिमिक सास गायब काल ले कहिले लाने हो x 2

           

No comments:

Post a Comment