Tuesday, January 14, 2014

Maunta ma - Karma

गीत   : मौनतामा
ब्याण्ड  : कर्मा

मायालु किन हो आज तिमी मौन छौ

तिम्रो मौनताले यहाँ मलाई सताउँछ

पीडा हुन्छ यो मनलाई

मायालु किन हो आज तिमी मौन छौ

तिम्रो मौनताले यहाँ मलाई सताउँछ

पीडा हुन्छ यो मनलाई
केही त बोली देऊ मायालु

भावना मनका सारा तिता मिठा खोलेर

भनी देऊ

केही बिराएछु भनी दुई हात जोडेर

माफी म माग्दछु

डर लाग्छ कतै हामी यसरी नै सधैंको लागी
टाढिदै नै जाने हो कि

हो.....ओ........

आज किन हो एक्कासी निलो आकाशमा

कालो बादल छाउन थाल्यो

कतै घन्घोर पानी पर्ने हो कि

आज किन हो एक्कासी निलो आकाशमा

कालो बादल छाउन थाल्यो

कतै घन्घोर पानी पर्ने हो कि
तिम्रो मौनतामा – २

तिम्रो मौनतामा – ८

No comments:

Post a Comment